radio icon

Live Radio

घुस लिँदालिँदै पाँच प्रहरी अख्तियारको फन्दामा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६


टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत् पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले पक्राउ गरेको छ ।

आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बु राजमार्गको विभिन्न पोस्टमा कार्यरत् प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो ।

साँझसम्मको स्थलगत अनुगमनकाक्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपरचालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मण्डनदेउपुर नगरपालिकास्थित हेलम्बु राजमार्गमा पर्ने हिगुवापाटी प्रहरीचौकीमा कार्यरत् प्रहरीजवान तेजप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत् हवल्दार रामहरि मानन्धर र जवान हरिप्रसाद बानियाँलाई टिपरचालकसँग घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

साथै, पाँचखाल प्रहरीचौकीमा कार्यरत् हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाडेलाई अरनिको राजमार्ग्स्थित केराघारीबाट पक्राउ गरिएको छ ।

उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार