radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

गायक सिताराम विदेश बाट घर फर्किदा “स्वास्नी पिडित” भए !

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


काठमाडौं – लोकदोहोरी गायक सिताराम परियारको “स्वास्नी पिडित” वोलको गित सार्वजनिक भएको छ । समय सापक्ष अनि हरितालिका तिजको उपलक्षममा गायक शिभ परियार र गायिका टिका सानुको आवाजमा सजिएको उक्त गित ‘आलाप स्टुडियो’ को  युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

नेपालको परिवेश नियालेर, विदेश गएका दाजुभाइको श्रीमती यसरी नबिग्रियोस् भन्नका निम्ति  र  सभ्य  परिवारसंगै  सफल समाज   परिकल्पनाको सिर्जना गर्दै गायक सिताराम परियारले यस गीतमा शब्द तथा संगीत स्वयम आफैले भरेका छन् । यस गीतमा गायक शिभ परियार र गायिका टिका सानुको आवाज सुन्न सकिन्छ ।

सो गीतमा  गायक गायिका कै टिमले धमाकेदार  अभिनय पनि  प्रस्तुत गरेका छन् । सुन्दै रमाइल लाग्ने उक्त गीतको दृश्य निर्देशन झलक संगीतमले गरेका हुन् । आफ्ना दर्शकले पहिलेको गीतसंगीत संगै यस गीतलाई पनि माया गरेर साथ दिने गायक सिताराम परियारले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार