radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

युवा नेता कंडेलले सिर्जनशिल युवा क्लवलाई खेलकुद सामग्री हस्तान्तरण गरे

  • radionrn
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


गुल्मी । गुल्मीको एक क्लवलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । सत्यवति गाँउपालिका ५ हसरामा रहेको सिर्जनशिल युवा क्लवको लागि नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य योगराज कंडेलले भलिवल तथा फुटवल र ब्याडमिन्टन लगायत सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । खेलकुद सामाग्रीमा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पूर्व पार्टी सभापति चन्द्र बहादुर केसीले खेलकुदले मानिसको जीवनलाई अनुशासित बनाउने औजार भएको बताए ।

साथै खेलकुदले समग्र जीवन पद्धतिको वृद्धि विकास गराउने हुदा खेलकुदबाटै यस क्षेत्रको परिचय दिने गरि खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई आग्रह गरे । साथै सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य तथा हेलिकप्टर एसोसियसन अफ नेपालका महासचिव योगराज कंडेलले खेलकुदको माध्यमले अनुशासन र स्वास्थ्यका लागि समेत राम्रो हुने भएको यो सहयोग सुरुवात मात्र भएको भन्दै भावी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता जनाउदै क्लवले समाजमा रचनात्मक कार्यमा जोड दिनु पर्ने बताए ।

अवसरमा नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक समितिका उपाध्यक्ष कृष्ण खरेल,सचिव गोविन्द्र गौतम,समितिका सदस्य अमृत ज्ञवाली, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तेज बहादुर महत, पत्रकार कौरव खत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सिर्जनशिल युवा क्लव सत्यवति गाँउपालिका ५ हसरा गुल्मीका अध्यक्ष गोकुल ज्ञवालीको अध्यक्षता क्लवका पूर्व अध्यक्ष प्रेम भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी बिष्णु प्रसाद भण्डारीले गरेका थिए । उक्क्त क्लव २०६१ सालमा स्थापना भई सामाजिक कार्यहरु गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार