radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुर प्रहरी फेरी घटनास्थल पहिचानमा केन्द्रित

  • radionrn
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा कञ्चनपुर प्रहरीले पुनः घटना स्थल पहिचानमा केन्द्रित भएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले मृतक निर्मलाको शव भेटिएको उखुबारी नै घटनास्थल हो वा अन्य ठाउँमा नै घटना भएर शव त्यहाँ फालिएको हो भन्ने विषयमा केन्द्रित भएर अनुसन्धान भइरहेको बताउनु भएको छ ।

यस्तै, उक्त घटनामा शंकास्पद रहेका तर यसअघि अनुसन्धानको दायरामा नआएका व्यक्तिहरुको पहिचान, खोज तथा उनीहरुमाथि पनि अनुसन्धान केन्द्रित रहेको उहाँले बताउनु भएको छ । गतवर्ष श्रावण १० गते गृहकार्य गर्न साथीको घर गएकी निर्मला अर्को दिन मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार