radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सडक बत्ती जडानपछि चोरी तथा लुटपाटका घटनामा कमी

  • radionrn
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार, गोबरैया र भगतपुरका सडक बत्ती जडान गरिएपछि रातिको समयमा हिँडडुल गर्न सहज हुनुका साथै चोरी तथा लुटपाटका घटनामा समेत कमी आएको छ ।

कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टको पूर्वाधार क्षेत्र विकास कार्यक्रम र भीमदत्त नगरपालिकाको साझेदारीमा सौर्य बत्ती जडान गरिएका हुन् ।

भीमदत्त नगरपालिका आफैले पनि उज्यालो अभियान अन्तर्गत सौर्य बत्ती जडान गर्ने कार्ययोजना बनाएको भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो । चालु आर्थिक वर्षमा पनि थप केही क्षेत्रमा सडक बत्ती जडान गर्ने योजना रहेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार