radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

राष्ट्रिय फुटबल टिमका उपकप्तान किरण कुमार चेम्जोङले जापानको क्लबमा ट्रायल दिने

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङले जापानको क्लबमा ट्रायल दिने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले जापानको तेस्रो डिभिजन क्लब फुजिदा एमवाईएफसीमा ट्रायल दिने छन् ।

ट्रायलका लागि किरण बुधबार जापान जाने छन् ।  जे लिगको तेस्रो डिभिजन क्लबमा किरणले २० दिन प्रशिक्षण गर्ने छन् ।

‘प्रशिक्षणका लागि भोली जापान जादैछु । जापानमा २० दिन प्रशिक्षण हुन्छ,’ किरणले खेलपाटीसँग भने ।

किरणले ट्रायल दिने क्लब फुजिदा दोस्रो डिभिजनमा उक्लने प्रयास गरिरहेको छ । फुजिदा जारी लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

फुजिदाले १९ खेलमा ३७ अंक जोडेको छ । तर, क्लबले दोस्रो डिभिजनको लागि भने राम्रो गोलकिपरको खोजी गरिरहेको छ । त्यसैले किरण ट्रायलका लागि जान लागेका हुन् ।

‘अहिले क्लब दोस्रो डिभिजन लिगमा बढुवा नजिक रहेको छ । दोस्रो डिभिजनको लागि गोलरक्षकको खोजीमा छ । त्यसैले म जान लागेको हु,’ किरणले भने ।

किरण नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखल र जापानी आयामोसी सम्मिलित ‘हिरो टु हिरो’ प्रोजेक्ट मार्फत जापान जान लागेका हुन् ।

किरणले जापानमा आफुले राम्रो अनुभव हासिल गर्ने र पाएको अवसरलाई सदुपयोग गरेर स्वदेश फर्कने बताए ।

‘जापानमा राम्रो अवसर पाएको छु । त्यहाँको अनुभव र अवसरलाई सदुपयोग गरेर फर्कने छु,’ किरणले थपे ।

किरण अगष्ट २८ मा स्वदेश फर्कने छन् ।  किरण फिफा विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोटका लागि राष्ट्रिय टिममा रहेका छन् । यस्तै नेपालमै आयोजना हुने १३ औं साग टिममा समेत किरण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार