radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामको अध्यक्ष र सचिवमा २ जनक

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अछाम जिल्ला शाखाको ५ औँ अधिवेशनले लोक गायक जनक कार्कीको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरेको छ ।

जिल्ला सदरमुकाम मंगलसैनको खुल्ला मञ्चमा सोमबार भएको एक कार्यक्रमले अध्यक्षमा कार्की रहने गरी १६ जनाको एक कमिटी गठन गरेको हो । प्रतिष्ठानको सचिवमा लोक गायक तथा हास्य कलाकार जनक साउँद (अछामी माग्ने बुढा) चयन भएका छन् ।

यस्तै  प्रथम उपाध्यक्षमा देबेन्द्र प्रसाद भाट, द्धितीय उपाध्यक्ष ललित रैगाइ, महिला उपाध्यक्षमा उर्मिला बिसी कोषाध्यक्षमा ललिता केसी (धामी )लाई चयन गरेको छ, भने सहसचिवमा रुद्र बिक तथा सहकोषाध्यक्ष गोबिन्द बिष्टलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा रुपक परिवार, रिदम बिसी, राम साउद, अर्जुन शाह, पानसरा थापा, नाम सी.धामी, तुलक्षी थापा, जितेन्द्र रैगाइ रहेको नवनिर्वाचित सचिव साउँदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार