radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

फिफा विश्वकप: दोस्रो चरणको छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६


कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।

टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गरेका छन् । प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । पहिलो चरणमा कालिनले ५ खेलाडीलाई टिम बाहिर राखेका छन् ।

डिफेन्डर कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ टिमबाट बाहिरिएका छन् । कालिनले फरवार्ड विमल घर्ती मगरलाई टिममा राखेको छ । गत महिना कुवेत र चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेलमा विमल परेका थिएनन् ।

विश्वकप छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार