radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संसद सुचारु गर्न भएको सहमतिबारे हारजितको बहस, मर्यादा सिकेर आउन सिलवाललाई आग्रह

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६


काठमाडौँ – २६ दिनसम्म अवरुद्ध संसद सूचारु गर्ने सहमतिलाई सांसदहरुले हारजितको विषय बनाएका छन् । प्रतिनिधिसभामा आज सत्तारुढ र प्रतिपक्षी दलहरुबीच संसदको अवरोध हटाउन भएको सहमतिबारे आरोप प्रत्यारोप चलेको हो ।

पूर्व डिआइजी तथा सत्ताधारी दल नेकपाका सांसद नवराज सिलवालले संसद अवरुद्ध पारेर प्रतिपक्षी कांग्रेसले आफ्नो प्रतिष्ठा गुमाएको टिप्पणी गरेपछि कांग्रेस सांसदहरु उनीविरुद्ध खनिए ।

सदनमा सांसद सिलवालले कांग्रेसको इज्जत जोगाइदिन सत्तापक्ष विशेष समिति बनाउन तयार भएको तर अनाहकमा सदन अवरुद्ध पारेर कांग्रेसले आफ्नो प्रतिष्ठा गुमाएको बताउनुभयो ।

त्यसपछि प्रतिपक्षी कांग्रेसका सांसदहरु सिलवालविरुद्ध खनिए । सांसद पुष्पा भुषालले कांग्रेसको प्रतिष्ठाबारे चिन्ता लिनुभन्दा पनि आफ्नै पार्टी नेकपाको प्रतिष्ठा जोगाउन आग्रह गर्नुभयो ।

उहाँले नेकपाको पार्टी कार्यालय नै सरकारी जग्गामा रहेको विषय बाहिर आएकोले पार्टी कार्यालय सरकारी जग्गाबाट हटाएर आफ्नो प्रतिष्ठा जोगाउनतिर लाग्न नेकपालाई आग्रह गर्नुभयो ।

यस्तै कांग्रेसकै सांसद पार्वती बिसी चौधरीले सांसद सिलवालको भनाई प्रति आपत्ति प्रकट गर्नुभयो । उहाँले प्रहरी पेषाबाट आएका सांसद सिलवालले संसदीय मर्यादा सिक्न बाँकी रहेको बताउनुभयो ।

सदन खुलाउन भएको सहमतिलाई हारजितको विषय बनाइएपछि कांग्रेस सांसद प्रदीप गिरीले भने त्यसो नगर्न आग्रह गर्नुभयो ।

उहाँले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्न गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न आग्रह गर्नुभयो ।

असहमत हुनेका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेको भन्दै सांसद गिरीले संसदको मर्यादा कायम गर्न सबैले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

२६ दिनसम्म अवरुद्ध भएको संसद सूचारु गर्न भएको सहमतिको विषयलाई हारजित र हँसिमजाकको विषय पनि बनाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार