radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

कस्लाई भने बिमलराज क्षेत्रीले ‘राम्री बिछट्टै’ (भिडियोसहित)

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६


साजन परियार, पर्वत । चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्रीको नयाँ तिज गित सार्वजानिक भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गायक क्षेत्रीले ‘राम्री बिछट्टै’ बोलको गित सार्वजानिक गरेका हुन् ।

तिज आउन एक महिना बाँकी छँदा उनले उक्त गित आफ्नै युटयुब च्यानल ‘बिमलराज क्षेत्री’ मार्फत सार्वजानिक गरेका हुन् ।

गिज सार्वजानिक भए लगत्तै सामजिक सञ्जालमा भाईरल भएको छ । उनका फ्यान, साथीभाई र शुभचिन्तकले गित फेसबुकमा पोष्ट गदै निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । गितले युटयुब च्यानलको कमेन्ट बक्समा पनि राम्रो प्रतिक्रिया पाएको छ । उनलाई यस गितले साँगितिक क्षेत्रमा थप स्थापित गराउन मद्दत पुग्ने देखिन्छ ।

गायक क्षेत्रीले यसभन्दा अगडी थुप्रै हिट गितहरु बजारमा पस्किसकेका छन् । ‘राम्री बिछट्टै’ बोलको गितमा स्वर, शव्द र संगित गायक क्षेत्री रहेको छ, भने स्वरमा उनलाई गायिका गिता चौहानले साथ दिएकी छिन् । गितको भिडियोमा वबी रायमाझी र सुमिन पुरीको नृत्य देख्न सकिन्छ । उक्त गित कुमार केसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार