radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

समाजवादीमा प्रवक्ताको जिम्मेवरी नारायण तिवारीलाई दिने तयारी

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६


काठमाडौं । समाजवादी पार्टी नेपालले प्रवक्ताको जिम्मेवारी नेता नारायण तिवारीलाई दिने तयारी गरेको छ । पार्टी एकीकरण भएको तीन महिना बितिसक्दा पनि प्रवक्ता नहुँदा पार्टीको आधिकारिक धारणा सहज तरिकाले बाहिर नपुगेपछि प्रवक्ताको खोजी सुरु भएको हो ।

प्रवक्ताका लागि धेरै नेताहरुले इच्छा देखाएपनि तिवारीको नाम चर्चामा छ । तिवारीसँग दुई दशक लामो पत्रकारिताको अनुभव समेत भएकाले उहाँलाईनै प्रवक्ताको जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।

अध्यक्ष बाबुराम भट्टराईले तिवारीको नाम प्रस्ताव गर्ने र अर्का अध्यक्ष उपेन्द्र यादव सहमत भएमा तिवारी प्रवक्ता बन्ने नेताहरुले बताएका छन् । नयाँ शक्ति पार्टी हुँदा केन्द्रीय सदस्य रहनुभएका तिवारी संघीय समाजवादी पार्टीसँगको एकतापछि विज्ञ समितिका सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार