radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु, २३ बेपत्ता (अपडेट)

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६


सर्लाहीको मलंगवाबाट काठमाडौं आउदै गरेको बस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित नदिमा खसेको बसवाट १४ जनाको उद्धार गरिएको छ भने २३ अझै बेपत्ता छन् ।

ना ६ ख ७४६९ नम्बरको बस आज बिहान साढे ३ बजेतिर त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले जानकारी दिनुभएको छ । बस आधा पानीमै डुबेको छ। अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ ।

चालकसहित १२ जनाको जिवितै उद्धार गरिएको प्रजिअ पाण्डेले बताउनुभएको छ । मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ। सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका घाइतेहरुलाई स्थानीय मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवार करिब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएकोछ।

उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विकको अवस्था गम्भीर छ । बसका कण्डकटर ऋषि उप्रेती र सहचालकप्रमोद कुँवरको पनि उद्धार गरिएको छ । चालक विक बोल्न सक्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार