radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६


त्रिशुलीमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनको संख्या आठ पुगेको छ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको बस हिजो बिहान साढे ३ बजे त्रिशुली नदीमा खसेको थियो । ४५ यात्रु लिएर काठमाडौंका लागि छुटेकोे बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटको त्रिशूली नदीमा खसेकोे थियो ।

मृतकमध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ भने अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिनुभयो । अन्य वेपत्ता भएकाहरुको भने गोताखोरको टोलीबाट खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।

वेपत्ताहरु नभेटिएकाले चितवन, नवलपरासी जिल्लाको नदिकिनारमा पनि खोजिको लागि प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ ।
वेपत्तामध्ये केही भारतिय नागरिक पनि रहेको प्रहरीले जनाएको छ । धादिङ धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ ।

एक वर्षको अवधिमा जिल्लामा १ सय ४४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ९८ जनाको मृत्यु भएको छ भने अहिले सम्म १ सय ९१ जना गम्भिर घाईते भएका छन् । उता गएराती बाँकेमा ट्यांकरको ठक्करले दुई जनाको मृत्यु भएको छ ।

सीमावर्ती रुपैडिया बजारमा ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको मृत्यु भएको हो । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको हो ।

दुर्घटनामा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो भने थापाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार