radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

चापाकोट सेवा समाज जापानको दोस्रो अधिबेशन सम्पन्न

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६


स्याङ्जा को चापाकोट घर भै जापान को बिभिन्न क्षेत्र मा रहनुभएका चापाकोट बासिको संगठित सस्था को दोस्रो अधिबेशन साइतामा मा सम्पन्न भएको छ।

अधिबेशन बाट सुदिप पंगेनीको अध्यक्षतामा सर्ब सहमतिमा नयाँ कार्यसमिति चयन गरेको छ जसमा उपाध्यक्ष बुद्दिसागर पाण्डे कोशादक्ष्य शुरेश कुमार जि टि सह-कोशादक्ष्य संजय श्रेष्ठ सचिब प्रदिप कुमार श्रेष्ठ सह- सचिब सागर अर्याल रहनुभएको छ् । एसै गरी सदस्य हरुमा एबिन आचार्य शिरिश ढकाल र बिनोद थापा रहनु भएको छ् ।

सस्थाको कोशादक्ष्य शुरेश कुमार जि.टिले कार्यक्रम मा स्वागत मन्तब्य राख्दै आगामी दिनमा जापान मा रहनुभएका चापाकोट बासी लाई अझै बढी संगठित हुनु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

कार्यक्रम मा अतिथि का रुप मा बोल्दै रामपुर जापान संपर्क का अध्यक्ष बिनोद आचार्य ले भौगोलिक रुपमा रामपुर चापाकोट समग्र कालिगन्डकी उपत्यका एउटै भएजस्तै परदेश मा पनि यि दुई सस्था एक अर्कामा परस्पर सहयोगि बन्दै अगाडि बढ्नु पर्ने मा जोड दिनु भएको थियो ।

समाजका पुर्व अध्यक्ष तथा संरक्षक भबिश्वर सुबेदीले नवगठित् कार्यसमिती लाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार