radio icon

Live Radio

उपकार लघुवित्तको नाफा साढे २ करोड

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६


काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ करोड ४९ लाख रुपैयाँ कमाएको छ ।  ४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको उपकारले जगेडाकोषमा ७ करोड ४६ लाख रुपैयाँ छुटाएको हो।

जसले निक्षेपमा ५१ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ९५ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । उपकार लघुवित्तको खुद व्याज आम्दानी ३ करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

जसले प्रोभिजनमा २ लाख रुपैयाँ छुटाएको छ । भने खराबकर्जा ९० लाख रुपैयाँ उठाएको छ । उपकार लघुवित्तको निष्कृय कर्जा २ दशमलव ०४ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ४७ प्रतिशत, रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार