radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संघीयताबारे प्रचण्डमा ढिलो गरी बुद्धि पलायोः चित्रबहादुर केसी

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६


काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयताको कार्यान्नयन उल्टो ढंगले भइरहेको बताउनुभएको छ ।

आज काठमाडौँमा चौथो सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघीयताको एउटा विउँ रोपेको तर अर्कै चिज उम्रन खोजेको टिप्पणी गर्नुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्ने भन्दा पनि विडम्बना कैयौँ ठाउँमा उल्टो भइरहेको बताउनुभयो ।

प्रचण्डले जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि जनाउनुभयो । गाउँगाउँमा सिंहदरबार भनिएपनि कतिपय ठाउँमा उल्टो भएको तथा जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।

प्रचण्डले यसअघि पनि पटक पटक संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध मोर्चाबन्दी भइरहेको दाबी गर्दै आउनुभएको छ । जनताले रगत बगाएर ल्याएको गणतन्त्र र संघयीयताबाट पछि हट्न खोज्नेहरु सिद्धिने चेतावनी प्रचण्डको छ ।

तर यता संघीयताको सुरुदेखि नै विरोधमा रहेको दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रचण्डमा ढिलो गरी बुद्धि पलाएको टिप्पणी गर्नुभएको छ ।

उतिबेला आफूले र आफ्नो दलले जति भने पनि नसुन्ने र सुने पनि बुझ पचाउने काम गरेका प्रचण्डको मनमा रहेको खुलदुली अहिले बाहिर प्रकट भएको उहाँले बताउनुभयो ।

नेता केसीले नेपाल जस्तो सानो मुलुकमा संघीयता सफल हुनै नसक्ने दोहो¥याउनुभयो । उहाँले प्रचण्डसहितका शीर्ष नेताहरुले नै संघीयता असफल हुन थालेको टिप्पणी गर्नुलाई आफूले स्वभाविक रुपमा लिएको बताउनुभयो ।

प्रचण्डले भन्दिन भन्दा पनि उहाँको मुखबाट संघीयताबारे व्यक्त भएको अभिव्यक्ति स्वभाविक र इमान्दार अभिव्यक्ति भएको उहाँको टिप्पणी छ ।

विदेशीको इशारामा नेपालमा संघीयता लागु गरिएको नेता केसीको आरोप छ । संघीयता अहिले दलहरुका लागि निल्नु र ओकल्नु भएको विश्लेषण पनि हुन थालेको छ ।

तीन तहको सरकार चलाउन आर्थिक जोहो जुटाउनकै लागि पनि दोहोरो तेहरो कर असुल्न थालिएपछि जनतामा संघीयताप्रति निराशा बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार