radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

राेहित चन्दकाे टिम पर्सिजासँग बराबरीमा राेकियाे

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६


इण्डोनेसियाको शीर्ष डिभिजन लिग ‘लिग वान’ मा रोहित चन्दको टिम पर्सिजा भयंकरसँग बराबरीमा रोकिएको छ । प्याट्रिअट स्टेडियममा भएको खेलमा पर्सिजाले एक गोलको अग्रता जोगाउन सकेन । २८ औंँ मिनेटमा क्रोएसियाडी फरवार्ड मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए ।

तर खेलको ४१ औं मिनेटमा भयंकरका लागि एन्डरसन साल्लेसले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि दुवै टिमले १-१ अंक बाँढेका छन् । भयंकर १२ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ भने पर्सिजा सात खेलबाट ८ अंक बनाउँदै १७ औं स्थानमा छ ।

इण्डोनेसियाको लिगमा जम्मा १८ वटा टिम छन् । पर्सिजा पुछारबाट दोस्रो स्थानमा छ । आजको खेलमा रोहित चन्द पूरै समय मैदानमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार