radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मुक्तिनाथ विकास बैंकले गर्यो ग्राहकलाई विशेष छुट दिने सम्बन्धी संजिवनी हस्पिटलसँग संझौता

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६


काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगर स्थित संजिवनी हस्पिटल तथा आइभिएफ सेन्टरसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौता पत्रमा संजिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।

साथै, विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसंग पनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौता पत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले संजिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ । मुक्तिनाथ विकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा एटिएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा,  बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार