radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मेटलाइफलको नयाँ एजेन्सी साखा, इटहरी र कटारीमा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६


काठमाडौं । मेटलाइफले यो साता प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुई वटा नयाँ एजेन्सी कार्यालय खोली पूर्वी नेपालमा आफ्नो संचालन विस्तार गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले दुवै कार्यालयहरुको उत्घाटन गरेका हुन् ।

यसरी भएको विस्तारले यस क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन,बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्दछन ।

यी थप गरिएका दुई नयाँ कार्यालयहरु बिराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहनेछन् । क्ष्लअको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा २००१ देखि नेपालमा संचालन भइरहेको छ ।

नेपालमा यसले आफना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । सन् १८६८ मा स्थापित भएको मेटलाईफ ४० भन्दा बढि राष्ट्रहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार