radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

भारतको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाजमा विस्फोट

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६


भारतको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा आज विस्फोटपछि आगो लागेको छ । जहाजमा आगो लागेपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए ।

जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक जना बेपत्ता रहेको भारतीय सञ्चारले जनाएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको छ। जहाजमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन ।

भारतीय तटरक्षक बलका अनुसार आज बिहान करिब साढे ११ बजे जहाजमा विस्फोट भएको र त्यसपछि आगो लागेर धुवाँको मुस्लो निस्कीएको थियो । त्यसपछि ज्यान जोगाउन चालक दलका सदस्यले पानीमा हाम फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार