radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

शारीकि सुगठनका पदक विजेतालाई सम्मान

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६


नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पदक विजेता खेलाडी नगदसहित सम्मानित भएका छन् । च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई आज नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले नगदसहित सम्मान गरे ।

संघका अध्यक्ष श्रेष्ठले खेलाडीलाई व्यक्तिगततर्फबाट नगदसहित सम्मान गरेका हुन् । अध्यक्ष श्रेष्ठले स्वर्ण विजेतालाई जनही ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजार नगदले सम्मान गरे ।

च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार