radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

त्रिशूली बस दुर्घटनामा बेपत्ताको खोजीमा ५ जिल्लाका प्रहरी परिचालन

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका(३, सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी ४ जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, नवलपरासी पूर्व र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीमा लागेका छन्। खोजीकार्यलाई प्रभावकारी बनाउन सबै जिल्लाका सुरक्षा निकायलाई समन्वय गरिएको हो।

गत शुक्रबार मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौंतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो। हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको मात्रै शव फेला परेको छ। उक्त बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार