radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघको कि प्रदेशको भन्नेमा सरकार र सांसदबीच मत बाझियो

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


संसदको राज्यव्यवस्था समितिमा प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघको हुने कि प्रदेशको भन्नेमा सरकार र सांसदबीच मत बाझिएको छ ।

आज बसेकोे बैठकमा छलफलको क्रममा सांसदहरु रेखा शर्मा, यशोदा सुवेदी, दिलेन्द्र प्रसाद बडु, महेश्वर गहतराज र प्रेम सुवालले प्रमुख सचिव संघीय निजामती सेवाको हुने भए पनि प्रदेश मन्त्रालयको सचिव प्रदेश निजामती सेवाकै हुनुपर्ने अडान राखेका थिए ।

यता नेकपाका सांसद नवराज सिलवालले भने प्रदेश मन्त्रालयका सचिव पनि संघबाटै पठाउन सकिने बतापछि मत बाँझिएको हो । यस्तो मत राख्ने सिलवाल एक्ला सांसद बने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भने आफ्नो पूर्वअडानमा कायमै रहनु भयो । उहाले अन्तर सम्बन्धलाई ध्यान दिँदै सरकारले प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघीय निजामती सेवाको हुने भनेर व्यवस्था गरिएको बताउनुभयो

मन्त्रालयका सचिव यादव कोइरालाले पनि तीन तहका सरकारको अन्तरसम्बन्ध कायम राख्न प्रदेश र प्रदेश मन्त्रालयको सचिव संघीय निजामती सेवाकै हुनुपर्ने तर्क गर्नुभयोे । संघीय निजामती सेवा विधेयकको दफा १२४ मा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि संघको हुनुपर्ने व्यवस्था छ । सांसदहरुले यसमा पनि विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार