radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे पनि सरकार आफैंले निर्माण गर्छ: पर्यटनमन्त्री

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे पनि सरकार आफैंले निर्माण गर्ने बताउनु भएको छ ।

आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै उहाले लगानी बोर्डबाट विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार पछाडि नफर्कने बताउनुभयो ।

मन्त्रालयले आजनै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्दैछ । आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने उल्लेख गर्नुभयो ।

राजनीतिक प्रतिवद्द्ता र सरकारले आयोजनालाई महत्त्व दिएको देखाउनसमेत शिलान्यास आवश्यक रहेको उहाको भनाइ छ । रुख काट्नुअघि वृक्षारोपणको अभियान शुरु गर्ने भन्दै मन्त्री भट्टराईले आफू वन विनाश गर्न नभई विमानस्थल बनाउन आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार