radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रचण्डको सचिवालयद्धारा प्रकाशका नाममा विदेशमा सम्पत्ति भएको प्रमाणित गर्न चुनौती

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालको नाममा विदेशमा सम्पत्ति रहेको विषयमा उहाको सचिवालयले खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डको हालैको दुबइ भ्रमणसँग जोडेर त्यहाँ प्रकाशका नाममा २१ अर्ब रहेको हल्ला चलेको थियो । षड्यन्त्रपूर्ण र झुटा प्रचार गरिएको भन्दै त्यस्तो गर्नेलाई जो कोहिलाई पनि कारबाही गर्न सचिवालयले सरकारसँग माग गरेको छ ।

पार्टी एकताबाट अत्तालिएकाहरुले उक्त हल्ल चलाएको भन्दै प्रचण्ड सचिवालयले प्रकाशको नाममा विदेशमा बैंक खाता र सम्पत्ति भएको प्रमाणित गर्न चुनौती दिएको छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा प्रतापले विज्ञप्ति जारी गर्दै तथ्यहीन, अनर्गल र भ्रामक कुप्रचार गरिएको भन्दै भ्रमित नहुन आग्रह गर्नु भएको छ ।

विज्ञप्तिमा दिवंगत प्रकाश दाहालका नाममा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यस्थित गर्न अध्यक्ष प्रचण्ड गएको भन्ने कुप्रचारकोे सचिवालयले खण्डन र घोर भत्र्सना गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार