radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न चार जना पक्राउ

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


साजन परियार, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । आईतबार राती पर्वतको जलजला गाउँपालिका ४ लामाखेतका १७ बर्षिय पावल बि.क.लाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार पक्राउ पर्नेमा लामाखेतकै ३३ बर्षिय तेजेन जुग्जाली, २० बर्षिय राजु पुन, ३९ बर्षिय कबिन गर्वुजा र २४ बर्षिय अमित फगामी रहेका छन् । उनीहरुले आईतबार साँझ पवलमाथि चिरपट दाउराले टाउकोमा प्रहार गरेको र वारी बेनीबाट खटीएको प्रहरी टोलीले आप्mनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाईते बि.क.लाई जिल्ला अस्पताल म्याग्दीमा प्राथमिक उपचारपछि थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा उपचारपश्चात डिस्चार्ज भएका छन । प्रतिवादीहरु चारै जनालाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत १० दिनको म्याद लिएर अनुषन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार