radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

पर्वतका दुई यूवाले गरे ४ करोड लगानिमा वायो फलक्स प्रविधिबाट माछापालन शुरु

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


साजन परियार, पर्वत । पर्वतका दुई यूवाले वायो फलक्स प्रविधिबाट माछापालन शुरु गरेका छन् । जिल्लाको कुश्मा नगरपालिका– ४ अर्मादीमा लालबहादुर हरिजन र दुर्गा पौडेलले बायो फलक्स प्रविधि प्रयोग गरि माछापालन शुरु गरेका हुन् । हरिजन र पौडेलले उक्त माछा फर्ममा ४ करोड लगानी गरेका छन् ।

यो प्रविधि नेपालमै नयाँ र नमूना प्रविधि रहेको सञ्चालकहरुको दाबी छ । चीनबाट यो प्रविधि जिल्लामा भित्राएर माछापालन शुरु गरेको सञ्चालक लालबहादुर हरिजनले बताउनुभयो । माछापालनका लागि २० वटा पोखरी निर्माण गरिएको छ । जसमा हावाको माध्यमबाट माछालाई आवश्यक खुराक पु¥याईन्छ ।

पोखरीमा अहिले माउर १ लाख, इलापिया जातको १० हजार , जल्कापुर २ हजार, इलापिया जातको १० हजार माछाका भुरा हालिएको छ । माछापालनका लागेका यूवालाई गण्डकी प्रदेश सरकारले १ करोड र कृषि ज्ञान केन्द्र पर्वतले ७ लाख रुपैयाँ अनुदानको समेत व्यवस्था गरेको छ ।

फर्ममा अझै पूर्वाधार निर्माणको काम भैरहेको सञ्चालक दुर्गा पौडेलले बताउनुभयो । फर्ममा १० हजार कुखुरा पालन गर्ने र हाईटेक टनेलमा तरकारी खेती गर्ने योजना समेत रहेको पौडेलले जानकारी दिनुभयो । सबै संरचना तयार पर्दा ५ करोड लगानी हुने अनुमान रहेको पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार