radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

म्याग्दी: सफल भयो घलेम्दी जलविद्युत आयोजनाको परीक्षण

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


राकेश शर्मा, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ ।

विसं २०७१ बाट निर्माण थालिएको आयोजना घलेम्दी खोलामा आएको बाढीले इन्टेक र टनेलमा क्षति पुगेपछि रोकिएको काममर्मत सकिएलगत्तै उपकरणको सफल परीक्षण गरिएको आयोजनाका बिमल रिजालले बताउनुभयो ।

एकमहिना अगाडि नै परीक्षण गर्ने योजना रहे पनि बाढीले इन्टेकको बाँध हुँदै टनेलभित्र प्रवेश गरेको बाढीले भुई ढलान र सर्ट्किटमा क्षति र्पुयाएको थियो। योजनाको बाँधदेखि पावर हाउससम्मको सम्पूर्ण संरचना ब्यवसायिक उत्पादनका लागि तयारी अवस्थामा रहेको आयोजनाका प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो ।

एकमहिना परीक्षण रुपमै विद्युत उत्पादनसँगै नारच्याङकै घरापमा रहेको तातोपानी साना जलविद्युत हुँदै केन्द्रीय प्रशारण लाइनमा जडान गरिने छ।

दानामा निर्माणाधीन अवस्थामा रहेको सवस्टेशनको काम सकिएपछि आयोजनाको क्षमता अनुसारको विद्युत सजिलै केन्द्रीय प्रशारण लाइनमा जडान गरिने छ। वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने विद्युत प्राधिकरणसँग सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार