radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

नेकपामा स्कुल विभागको बिषय थप पेचिलो बन्दै, सचिवालय बैठक फेरी स्थगित

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६


काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को सचिवालय बैठक फेरी स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायतको विवाद नसुल्झिएपछि आज(बुधवार)का लागी तय भएको नेपाको सचिवालय बैठक भोली(बिहीवार) सम्मका लागि स्थगित भएको हो ।

पार्टीभित्र थप आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीवार बस्ने गरी स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मंगलबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै बुधवार बोलाइएको थियो । तर आन्तरिक बिषयमा सहमति जुटाउन थप छलफल आवश्यक रहेकाले बुधवारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यसअघि विभाग गठन तथा जिम्मेबारी बाँडफाँडकै विषयमा निकास खोज्न भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मंगलवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासँग सामूहिक तथा छुट्टा छुट्टै पनि छलफल गर्नुभएको थियो ।

उहाँले संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत पूर्वएमालेका नेताहरूसँगसमेत छलफल गर्नुभएको थियो । स्कुल विभागमा झलनाथ खनाल, नारयणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, घनश्याम भूसाल, बेदुराम भुसाललगायतले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार