radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

निक्षेपकर्ताको विश्वास कायम राख्न बैंकका सिइओको उमेर हद तोकिएको होः चिरञ्जिवी नेपाल

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको सुरक्षाका लागि बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकिएको बताउनुभएको छ ।

बैंक तथा वित्तीय संस्था विश्वासमा आधारित व्यवसाय भएकाले निक्षेपकर्ताको विश्वास कायम राख्न यो निर्णय गरिएको गभर्नर नेपालले स्पष्ट पार्नुभयो ।

संसद्को अर्थ समिति बैठकमा बोल्दै उहाँले साउन २० गते ल्याएको परिपत्रमार्फत् सञ्चालक र सिइओको उमेर हद तोक्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको हो ।

गर्भनर नेपालले क्षमता छ भन्दैमा कोही व्यक्ति बैंकमा आजीवन बसिरहन नमिल्ने बताउनुभयो । राष्ट्र बैंकले ल्याएको परिपत्रमा पहिलोपटक बैंकका सिइओ र सञ्चालकको उमेर हद तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार