radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

जिल्लामै पहिलो पटक नेलेमा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६


सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर स्थापना हुने भएको छ । सोमबार प्राप्त स्वीकृति पत्र अनुसार यो जिल्लाकै पहिलो काउण्टर हो ।

एक्सटेन्सन काउण्टर भएपनि शाखाले गर्ने नयाँ खाता खोल्न, रकम जम्मा गर्न, झिक्न र कर्जा लगाएत सबै काम समेत नेलेबाटै गर्न सकिने लक्ष्मी बैंकले जनाएको छ । काउण्टर स्थापनाको लागि देशभरिबाट अत्याधिक माग भएपनि पाँच स्थनमा विस्तार गर्नेक्रममा नेलेपनि परेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निति अनुसार गाउँपालिका केन्द्र मुक्लि र सल्लेरीमा यस अघिनै लक्ष्मी बैंकको शाखा स्थापना भइ सञ्चालमा रहेको छ । नेलेबजार बासीको माग र आवश्यकतालाई ध्यान दिदै काउण्टर स्थापना गराउन सफल भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

बैंकको शाखा सोसरह सुविधा उपलब्ध हुने गरि काउण्टर स्थापनाको लागि गरिएको पहल सफल भएको अध्यक्ष राईको भनाई छ । विगतमा वडा बासीमा गरेको प्रतिबद्धता समेत पुरा गरेको उहाँले बताउनुभयो ।

सदरमुकाम पछिको जिल्लाकै दोस्रो बजार मानिने नेलेबजारमा बैंकिङ कारोबार हुने भएपछि स्थानीय बासी हर्षित भएका छन् । स्थानिय व्यापारी रोशन खत्रीले आर्थिक कारोबारको लागि गाउँपालिका केन्द्र या सल्लेरी जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

विगत लामो समय देखी विभिन्न बैंकको शाखा विस्तारको लागि अथक प्रयास गरेपनि सफल नभएको भन्दै वडा नम्बर १ नेलेका वडा अध्यक्ष घनराज सुनुवारले स्थानीय सरकार आएपछि सफल भएकोे बताउनुभयो । उहाँले भौगोलिक बिकटता र व्यापारिक दृष्टिकोणले नेलेमा बैंकिङ कारोबार आवश्यक ठानी पहल गर्ने गाउँपालिका अध्यक्ष असिम राई सहित सबैलाई वडाको तर्फ धन्यवाद समेत दिनुभएको छ ।

विगतमा त्याहाँका व्यापारीले असुरक्षाको महशुस गरि आर्थिक कारोबार गर्नुपर्ने बाध्यताको समेत अन्त्य भएको वडा अध्यक्ष सुनुवारको भनाई छ । हरेक हप्ताको मंगलबार साप्ताहिक हाट लाग्ने नेलेमा एक नगरपालिका सहित तीन वटा गाउँपालिकाको नागरिक आवश्यक सामाग्री खरिद बिक्रिका लागी आउने गर्छन् ।

माप्यदुधकोशी, सोताङ, महाकुलुङ, र थुलुङदुधकोशीका अधिकांश नागरिक नेले हुँदै सदरमुकाम सल्लेरी, सघीय राजधानी काठमान्डौ र प्रदेश राजधानी बिराटनगर जान्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार