radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रहरी कार्यालयमै घुस दिने प्रयास..!

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६


काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् ।

बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।

यादवलाई प्रहरीलाई दिन खोजेको  १० हजार घुस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार