radio icon

Live Radio

प्रदेश १ को विषादी प्रयोगशाला : विराटनगर भन्सारले चिन्दैन

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६


प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको विषादी प्रयोगशालालाई संघीय सरकार मातहतको कार्यालयले मान्यता दिन अस्वीकार गरेको छ ।

संघीय सरकार मातहत रहेको विराटनगर भन्सार कार्यालयले मान्यता नदिँदा २५ लाख लागतमा स्थापना भएको प्रयोगशालाले काम पाएको छैन ।

तर सुनसरीको भान्टाबारीमा रहेको भन्सार कार्यालयले भने विराटनगरमा भएको परीक्षणका आधारमा तरकारीको आयात गर्न अनुमति दिइरहेको छ ।

विराटनगर भन्सारले भने तरकारी तथा फलफूलको नमूना संकलन गरी झापाको बिर्तामोडमा परीक्षणका लागि पठाउँदै आएको छ ।

यो प्रयोगशालामा दुई समूह (कार्बोनेट र अर्जेनोफास्टर) विषादी परीक्षण गर्न सकिने छ । यो विषादी तरकारी तथा फलफूलमा अत्यधिक प्रयोग हुने समूहमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार