radio icon

Live Radio

वरियतामा म तेस्रो

  • झलनाथ खनाल
  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६


नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको नेताहरुमध्ये वरियतामा आफू तेस्रो स्थानमा रहने बताउनु भएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा आज विहान पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै खनालले पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले विगतमा आफूलाई चौंथो वरियतामा राख्दा गल्ती भएको स्वीकारिसकेकाले तेस्रो स्थानमा पुग्ने दाबी गर्नभएको हो ।

आफु विदेशमा हुँदा वरियताको निर्णय भएको र दुवैजना अध्यक्षले गल्ती भएको भनिसक्नुभएकाले अब वरियतामा तेस्रो स्थानमा हुने जानकारी दिनुभयो । नेकपाको वरियतामा हाल चौंथो स्थानमा रहनुभएका खनाल निवर्तमान अध्यक्ष भएको आफूलाई माधवकुमार नेपालभन्दा पछाडि वरियतामा राखिएको भन्दै असन्तुष्ट रहँदै आउनु भएको छ ।

अर्को प्रसंगमा नेता खनालले वामदेव गौतम कास्की २ बाट उम्मेदवार हुने बताउनुभयो । उम्मेदवार बन्न अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डले समेत प्रस्ताव गरिसकेको खुलासा गर्नुभएको छ । आफू पनि वामदेव उम्मेदवार बन्नुपर्ने पक्षमा रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार