radio icon

Live Radio

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्लामा गरिएको कार्यक्रमको भत्ता वितरण लगायत शीर्षकमा मोटो रकम अनियमितता गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

द्वन्द्वपीडितले सूर्यकिरण गुरुङ नेतृत्वको आयोगले गरेका खर्चको छानबिन गर्न माग गरेका छन् । महालेखाले करोडौं रुकम बेरजु देखाएकाले छानबिनका लागि संसद्को सार्वजनिक लेखा समिति र दुवै आयोगमा नायाँ पदाधिकारी सिफारिस गर्न गठित समितिमा उजुरी दिएका छन् ।

द्वन्द्वकालमा भएका घटनाहरुको छानबिन गरी सत्य बाहिर ल्याउने र पीडितलाई न्याय दिने जिम्मेवारी पाएको आयोगले चरम आर्थिक घोटाला गरेको देखेपछि आफूहरु स्तब्ध भएको द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार