radio icon

Live Radio

संचारकर्मी लामिछानेको समर्थनमा आज पनि प्रदर्शन

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


संचारकर्मी रवि लामिछानेका समर्थकहरुले आज पनि काठमाडौ र चितवनमा प्रदर्शन गर्ने भएका छन् । काठमाडौबाट पक्राउ गरेर चितवन लगिएका संंचारकर्मी लामिछाने निर्दोष रहेकाले तत्काल रिहा गर्नु पर्ने माग गर्दै समर्थकहरुले केहीदिन देखि प्रदर्शन गर्दै आईरहेका छन् ।

काठमाडौमा आज दिउसो ४ बजे माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिएको समर्थकहरुले सामाजिक संजालमा लेखेका छन् । चितवनमा भने लामिछानेलाई राखिएको प्रहरी कार्यालय अगाडी विहानै देखि समर्थकहरुको भिड लागेको जनाइएको छ ।

प्रहरीले न्युज ट्वान्टीफोर टेलिभिजनबाट प्रसारण हुदै आएको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, कार्यक्रम उत्पादन समूहका युवराज कँडेल, उनीहरुसँगै नाम जोडिएकी नर्स अस्मिता कार्कीलाई गत ३० गते पक्राउ गरेको थियो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रम उत्पादन समूहमै रहेर बाहिरिएका अर्का पत्रकार शालिकराम पुडासैनीको सुसाइट भिडियोमा उनीहरुलाई दोषी देखाइएकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

भिडियोमा पत्रकार पुडासैनीले आफु लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । तर कतिपयले भने पुडासैनीले आत्महत्या नगरेको र हत्या भएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार