radio icon

Live Radio

पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन नगर्ने पक्षमा ओली, भनेः अर्को निर्वाचन नहुँदासम्मका लागी म नै प्रधानमन्त्री

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचन नभएसम्म आफू नै प्रधानमन्त्री रहिरहने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आज (आईतवार) बसेको बैठकलाई सम्बोधनका क्रममा उहाँले आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उहाँले धैर्य गर्न पनि आग्रह गर्नुभएको छ ।

पार्टी एकताका बेला पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र उक्त सहमति पालना हुनुपर्ने प्रचण्डले पटक पटक भनिरहँदा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछौं भन्नेहरु बेमौसमको बाजा भएको बताउनुभएको छ । चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको टिप्पणी गर्दै यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको आरोप पनि लगाउनुभयो । उहाँले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सैह्य नहुने चेतावनी पनि दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू स्वास्थ्य उपचारको सिलसिलामा हालै सिंगापुर भ्रमण गर्न गएको बारे पनि सदनलाई जानकारी गराउनुभएको छ । उहाँ १० दिन लामो स्वास्थ्य उपचार गरेर गएको सोमबार स्वदेश फर्कनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार