radio icon

Live Radio

रवि लामिछानेसहित ३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले पत्रकार रवि लामिछानेसहित तीन जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आज(आईतवार) किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

सम्झानाले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन् । पुडासैनीले मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियोमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि प्रहरीले हाल अनुसन्धान गरिरहेको छ । गएको साउन २० गत्ते चितवन भरतपुरको एक होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार