radio icon

Live Radio

भदौ १५ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः ७ घन्टा बन्द

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १५ अर्थात सेप्टेम्बर १ देखि पुनः ७ घन्टा बन्द हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नोटाम जारी गर्दै बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गर्न लागेको हो।

नोटाम जारी भएको समय अर्थात् रातको २ बजेबाट साढे २ बजेसम्म भने नेपाल एयरलाइन्सको आसोका उडान भर्ने विमानका लागि पनि नोटाम लागू हुने छैन। नेपाल एयरलाइन्सले भदौ १२ बाट ओसाका उडान गर्दैछ।

विमानस्थलको ट्याक्सी वे, ट्याक्सी वे र रन–वे बीचको लिंक रोड जोड्ने कामका लागि प्राधिकरणले नोटाम जारी गर्दै विमानस्थमा हुने उडान तथा अवतरण बन्द गर्न लागेको हो।

साथै उक्त समयमा रन–वेमा लाइटिङको काम पनि हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री बताउनुभयाे ।

यसअघि चैत १८ गतेबाट  असार १५ गतेसम्म  बेलुका १० बजेदेखि विहान ८ बजेसम्म विमानस्थलको सबै उडान तथा अवरतण बन्द गर्दै धावनमार्गको पिच परिर्वतनको काम भएको थियो। वर्षा सिजन सुरु भएसँगै दुई महिना रन–वे मर्मतको काम रोकिएको थियो। अहिले विमानस्थलको ३ हजार मिटरको रनवेको पिच परिवर्तनको काम सकिएको छ।

दुई महिनादेखि रोकिएको काम अब पुनः भदौ १५ गतेबाट सुरु हुन लागेको हो। अब विमानस्थल कार्यालयले डिसेम्बर ३१ सम्मका लागि उडान तथा अवतरण नगर्न नोटाम जारी गर्दै विमानस्थल रन–वे मर्मतको बाँकी काम सम्पन्न गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार