radio icon

Live Radio

राजेश खनालले दिए एनआरएनए जापानको केन्द्रीय सदस्यमा उम्मेदवारी

  • radionrn
  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६


काठमाडौं । एनआरएनए जापानको चुनाव नजिकिदै गर्दा उम्मेदवारी घोषणा पनि निरन्तर चलिरहेको छ । पाल्पामा जन्मेर बिगत १२ बर्ष अघि जापान पुगेर आफ्नो व्यवसाय गर्दै आउनुभएका युवा समाजसेवी राजेश खनालले एनआरएनए जापानको केन्द्रीय सदस्यका लागी उम्मेदवारी घोषणा गर्नुभएको छ ।

स्वच्छ, पारदर्शी क्षमतावान, स्पष्ट वक्ता र शालिन स्वाभावका खनालले जापानमा रहँदा पनि बिभिन्न सामाजिक संघ संस्थामा रहेर जापानमा रहेका नेपालहरुलाई दुख सुखमा साथ दिँदै आउनुभएको छ । जापानमा पुगेदेखिनै प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनआरएनएमा आबद्द रहि निरन्तर सामाजिक काममा अग्रसर खनालले यसपाली थप सामाजिक काम गर्ने प्रण सहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।

जापानको पुरानो संस्था नेपाली साझा समाज जापानमा निरन्तर सक्रिय रही भुकम्पपीडित नेपालीहरुलाई सहयोग, मृगौलापिडीत, ब्रेनट्युमर भएका विरामीहरु लाई पनि दिल खोलेर सहयोग गर्दै आउनुभएका खनाल अन्तर्राष्ट्रिय पाल्पाली समाजको संयोजक रही त्यस संस्थाबट पनि जापानवासी नेपालीहरुलाई दुख सुखमा सहयोग, काम खोज्ने भिषा मिलाईदिने लगायतका सकारात्मक कामहरुमा पनि सहभागी हुनुहुन्छ ।

जापानको गुन्मा केन स्थित मायावासीमा बिगत १० बर्षदेखि रेष्टुरेन्ट व्यवसाय चलाउदै आउनुभएका खनाल पाल्पाली समाज जापानको सल्लाहाकार भई सामाजिक काममा निरन्तर हुनुहुन्छ । एनआरएनए जापानको आगामी चुनावमा मतदान गरी अत्यधिक मतले जिताईदिन जापानवासी नेपालीहरुमा उहाँले बिषेश अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार