radio icon

Live Radio

प्रतिनिधिसभाको बैठक: समसामियक विषय र क्षेत्रगत विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६


काठमाडौं । सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । यस्तै कांग्रेसका सांसद देव प्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएकोबारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्नुभयो ।

सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाले विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

यस्तै उप–प्रधानमन्त्री एवं स्वाथ्यमन्त्री उपेन्द्र यादवले चिकित्सकहरुको सिफारिसमै प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा उपचार गराउन गएको जिकिर गर्नुभएको छ । आज सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा यादवले चिकित्सकहरुको सिफारिसमै प्रधानमन्त्री उपचार गराउन बाहिर गएको दाबी गर्नुभएको हो ।

सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपाचार गर्ने क्षमता नेपालसँग छैन? नेपालमा भएको उपकरण भएको भए यहाँ उपचार गराउने अवस्था रहन्थ्यो कि ? जवाफमा उपप्रधानमन्त्री यादवले ‘यहाँका डाक्टरहरुले बाहिर उपचार गराउन सिफारिस गरेकाले उहाँ बाहिर जानुभएको हो भन्नुभयो । यादवले नेपालमा विदेश उपचार गराउन जान नपाइने कानुन नभएकाले पनि बाहिर जाने अवस्था रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार