radio icon

Live Radio

अन्तर्राष्ट्रिय शान्तिसुरक्षामा खतरा भएको भन्दै सुरक्षा परिषद्को बैठक बोलाउन चीन र रुसको आग्रह

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


काठमाडौं । रुस र चीनले संयुक्त राष्ट्रसंघलाई सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह गरेका छन् । संयुक्त राज्य अमेरिकाले मध्यम दूरीका मिसाइल बनाउने र प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेपछि मस्को र बेइजिङले संयुक्त राष्ट्र संघलाई आज यस्तो आग्रह गरेका हुन् ।

मस्को र बेइजिङले १५ सदस्यीय परिषद् बैठकमा ’अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षामा खतरा’ एजेन्डामा छलफल गर्न चाहेको छ । रोयटर्सका अनुसार दुबै राष्ट्रले संयुक्त राष्ट्रसंघको निःसशस्त्रिकरण मामिला प्रमुख इजुमी नाकामित्सुलाई समेत यस विषयमा जानकारी गराएका छन् ।

संयुक्त राज्य अमेरिकाको रक्षा विभागले सोमबार यसअघिको सम्झौता अनुसार क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको थियो । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा अमेरिकी रक्षामन्त्री मार्क इस्पेरले चीन, रुस र उत्तर कोरियालाई चेतावनीको सन्देश प्रवाह गर्न उक्त परीक्षण गरिएको र जसमध्ये चीनलाई मुख्य जोड दिइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार