radio icon

Live Radio

राजा फर्कन्छ भन्नु भूतपूर्व मायालुलाई सम्झिएर तड्पिने जस्तै हो : मन्त्री बाँस्कोटा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिहानमा आरधना गरेर राजतन्त्र नफर्किने बताउनु भएको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले यस्तो  बताउनु भएको हो।

सञ्चार मन्त्री बाँस्कोटाले अब राजतन्त्रको मुद्दा उठाएर कहीँ पनि पुग्न नसकिने प्रष्ट पार्नुभयो । उहाँले राजतन्त्रको मुद्दा उठाउने दललाई ‘डाइनोसर’ संज्ञा दिनुभयो । ‘कहाँको राजा ? को राजा लावण्य देशको राजा ?, मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘राजतन्त्र एकादेशको कथा भयो।

अब इतिहासमा नेपालको राजनीतिक विकास क्रममा राजालाई पढ्न पाइन्छ।’ मन्त्री बाँस्कोटाले राजा फर्कन्छ भन्नु भूतपूर्व मायालुलाई सम्झिएर तड्पिने जस्तै भएको बताउनु भयो । ‘मरेको राजतन्त्रले अब फणा उठाउन सक्दैन’, उहाँले भन्नुभयो, ‘चिहानमा आरधना गरेर राजतन्त्र फर्कँदैन।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार