radio icon

Live Radio

बाबुरामलाई विचार र उपेन्द्रलाई संगठनको नेतृत्व गर्न नेता तिवारीको सुझाव

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


सत्तारुढ दल समाजवादी पार्टीका नेता नारायण तिवारीले अब पार्टीले फराकिलो छाति बनाएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् ।

उनले अब पार्टी क्षेत्रिय एजेण्डामा मात्रै केन्द्रित हुन नहुने भन्दै राष्ट्रिय मुद्दालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने पनि धारणा अघि सारेका छन् । नेता तिवारीले पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई वैचारिक रुपमा सक्षम नेताको संज्ञा दिँदै आगामी दिनमा पनि उनले पार्टीभित्र वैचारिक नेतृत्व गर्दै अघि बढ्नुपर्ने बताए ।

त्यस्तै, पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग सांगठनिक नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमता भएकोले सोहीअनुसार समाजवादी पार्टीलाई अघि डोर्याउनुपर्ने उनको सुझाव छ । उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरि अघि बढ्नु्पर्नेपनि सुझाव दिए ।

नेता तिवारी पार्टीको प्रवक्ताका दावेदार हुन । उनलाई उक्त भूमिका दिनुपर्छ भन्नेमा दुवै नेता सहमत रहेको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार