radio icon

Live Radio

उर्जा मन्त्री बर्षमान पुनले गरे गाउँपालिकाको कार्यालयमा पार्टी प्रवेश कार्यक्रम

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


रोल्पा । बर्षमान पुनले रोल्पाको एक गाउँपालिकाको कार्यालयमा पार्टी प्रवेश कार्यक्रम गरेका छन । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रि पुन रोल्पा पुगेको बेला पुर्वी रोल्पाको सुनिलस्मृती गाउँपालिकाको कार्यालयमा उक्त कार्यक्रम गरेका हुन ।

रोल्पाको माडिचौरमा बनेको नव निर्मित मोटरेवल पुल उद्घाटन गर्न र नेपाल कम्युष्टि पार्टि (नेकपा) रोल्पाले आयोजना गरेको बैठकलाई प्रमुख अतिथीका रुपमा सम्वोधन गर्न रोल्पा पुगेका पुनले गाउँपालिकाको कार्यालयमै पार्टी प्रवेश गराएको खवरले अहिले सामाजिक संचाल तातिएको छ ।

आम नागरिकहरुको सार्वजनिक काम गर्ने क्षेत्रमा कुनै एक पार्टीको कार्यालय जस्तो गाउँपालिकाको कार्यालयलाई बनाएको भन्दै संजालमा विरोध भइरहेको छ ।

गाउँपालिकाको कार्यालयमा मन्त्री पुन, शिक्षा तथा स्वास्थ्य समिति सभापती जयपुरी घर्ती, राष्ट्रीय सभा सदस्य राजकुमार कुवर, ५ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी. लगाएतको प्रत्यक्ष संलग्नतामा पार्टी प्रवेश कार्यक्रम गरिएको श्रोतले बताएको छ ।

पार्टी कार्यालयमा गर्नु पर्ने काम स्थानिय नेपाली काँग्रेसका ठगेन्द्र महरालाई गाउँपालिकाकै कार्यालयमा नेकपामा प्रवेश गराइएको हो । मन्त्री जस्तो उच्च ओहदाको व्यक्तिले गाउँपालिकाको कार्यालय दुरुपयोग गरेको प्रति स्थानिय वुद्धिजिवीहरुले सामाजिक संजालमा चिन्ता व्यक्त गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार