radio icon

Live Radio

रवि लामिछानेलाई काँग्रेसको घुमउरो समर्थन, पार्टीको वक्तव्यमा नाम भने छैन

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


नेपाली काँग्रेसले संचारकर्मी रवि लामिछानेप्रति अप्रत्यक्ष तरिकाले समर्थन जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रकाशित गरेको विज्ञप्तीमा कुनै पनि घटनाको निपष्क्ष एवं स्वतन्त्रतापूर्वक छानविन हुनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गरिएको छ ।

“निर्दोषलाई फसाउने र दोषीलाई उनमुक्ति दिने कार्य नेपाली जनतालाई सह्य हुदैन, नेपाली कांग्रेस न्यायको सिद्धान्त, निष्पक्षता, विधिको शासन र जनभावनाप्रति सदैव समर्पित रही आएको छ,” विज्ञप्तीमा लेखिएको छ । संचारकर्मी लामिछाने र उनका समर्थकहरुले उनलाई फसाउन खोजिएको आरोप लगाइएरहेका बेला काँग्रेसले कसैलाई फसाउने कार्य सह्य नहुने उल्लेख गरेर विज्ञप्ती निकालेको हो ।

 

काँग्रेसको विज्ञप्तीमा लामिछानेको नाम उल्लेख नगरेपनि सन्दर्भ र आसय उनकै विषयमा हो भन्ने बुझिनेगरी लेखिएको छ । विज्ञप्तीमा सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई निस्कासन गरिएकोप्रति पनि आपत्ति जनाइएको छ ।

सरकारले पत्रकारीताको माध्यमबाट जनताका विचारलाई सम्प्रेषण गर्ने पत्रकारहरुलाई तर्साउने एवं आतंकित बनाउने कार्य गरेको भन्दै काँग्रेसले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । अमुर्त वाक्यांशहरु लेखिएको विज्ञप्तीमा निस्कासीत पत्रकारहरुको नाम उल्लेख गरिएको छैन भने पुनर्वहालीको माग पनि स्पष्टसँग गरिएको छैन ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा १० वर्षदेखि कार्यरत सुनिता रावल, ३ वर्षदेखि कार्यरत प्रकाश बम र चक्र कुँवरलाई बर्खास्त गरेको थियो । रेडियो प्रसार समितिको साउन ३१ गतेको निर्णय अनुसार भन्दै उनीहरुलाई निस्कासन गरी उनीहरुको ठाउँमा नवराज जोशी, लोकेश अधिकारी र दीर्घ खत्रीलाई दैनिक ज्यालादारीमा नियुक्त गरिएपछि त्यसको सर्वत्र विरोध भएको छ ।

पत्रकार महासंघ, प्रेस युनियनलगायतका संघसंस्थाहरुले पुनर्वहालीको माग गर्दै आन्दोलन नै सुरु गरेका छन् भने संसदमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पत्रकारहरुलाई राजनीतिक पुर्वाग्रह राखेर निस्कासन गरिएको उनीहरुको दावी छ । खुला प्रतिस्पर्धाबाट १० वर्ष अघि नियुक्त भएका रावलले आफूहरूलाई हटाउनुको कारण पनि नदिएको तथा रेडियो नेपालभित्र प्रवेशमा समेत रोक लगाएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार