radio icon

Live Radio

टीकापुर घटनाका चार वर्ष : आजदेखि थरुहट थारुवान राष्ट्रिय सम्मेलन हुँदै

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


कैलाली टीकापुर घटनाको आज चार वर्ष पूरा भएको छ । थरुहट र थारुवान संघर्ष समितिको आह्वानमा भएको आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गतेको हिंसामा एक वरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना प्रहरी सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको हत्या भएको थियो।त्यस्तै, भदौ ८ गते भएको व्यापक आगजनी र लुटपाटका घटनामा फूलबारी एफएम सहित थारु समुदायका दर्जनौं घर र पसलमा क्षति भएको थियो।

घटनाको चार वर्षपछि शनिबार थरुहट र थारुवान राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। थरुहटरथारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा हुने सम्मेलनमा नेपालका २५ जिल्लाका १० हजार बढीको सहभागिता रहने जनाइएको छ।

सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ। आयोजकले सम्मेलनले सामाजिक सद्भाव, शान्ति प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ।

यसैबीच, २०७२ भदौ ७ गतेको घटनामा ज्यान गुमाएका डेढ वर्षीय टेकबहादुर साउद तथा सुरक्षाकर्मीहरूको स्मृतिमा २०७२ सालमै स्थापना गरिएको टेकबहादुर साउद स्मृति केन्द्रले टीकापुरमा स्मृतिसभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार