radio icon

Live Radio

लोकतन्त्रको रक्षा गर्न कम्युनिष्टलाई सिध्याउनैपर्ने : शेरबहादुर देउवा

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागी सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताउनुभएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग संक्षिप्त कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिष्टलाई सिध्याउनैपर्ने बताउनुभएको हो ।

सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गर्नुभएको छ । उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ ।

यसअघि हिजो पनि सभाति देउवाले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार