radio icon

Live Radio

गलत चिन्तनका कारण सार्वजनिक सम्पत्तिको रक्षा गर्न चुनौती भइरहेको छ : रक्षामन्त्री ईश्वर पोखरेल

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


काठमाडौं । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले आफुहरुभित्रकै गलत चिन्तनका कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङगिन टुसाल पार्क’ उदघाटन कार्यक्रमलाई आज(शनिवा) सम्बोधन गर्दै उहाँले त्यस्ता किसिमका गलत चिन्तन आफूहरुभित्रै रहेको बतउनुभयो ।

पोखरेलले निर्वाचित भएका जनप्रतिनिधिहरुले मात्र नभई आम सचेत नागरिकहरु पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको जिकिर गनुभएको छ ।

धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका संरचना पुनर्निर्माणको काम धमाधम भइरहेको भन्दै उहाँले यस काममा कहीँ कतैबाट अवरोध गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार