radio icon

Live Radio

रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६


हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश गर्न लागिएको हो ।

अदालतले दिएको ५ दिनको समय हिजो नै पूरा भएपनि आज अदालत पेश गर्न लागेको हो । आज प्रहरीले रविसहितका तीन जनालाई अदालत पेश गर्नेछ ।

न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

अदालतले दोस्रो पटक म्याद थपेपछि जारी भएको एक अडियोमा रविले आफूलाई पुनः म्याद थप गर्ने आशंका व्यक्त गरेका छन् ।

पत्रकार टेकनारायण भट्टराईले हिरासतमा रहेका रविसँग गरेको कुराकानी अडियो सार्वजनिक भएको थियो । जसमा रविले आफूलाई विभिन्न वाहनामा पुन म्याद थप्ने योजना रहेको आशंका व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार